पोखरा । कास्की एमालेको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । उनी निवर्तमान सचिवसमेत हुन् । क्षेत्री ५५१ मत ल्याएर विजयी भए । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् ।
अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए । क्षेत्री २०४ मतको फराकिलो अन्तरका साथ विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए ।
पदाधिकारीमा सबै खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् ।
पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।
विद्युतीय मतदान भने पनि ९३५ मतदातामध्ये सहभागी ९१४ मतदातालाई मतदान गर्न २० घण्टा लागेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google