काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदयात्रा आजबाट सुरु भएको छ । रास्वपा सभापति रवि लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन् ।
नारायणगढबाट बुटवल जाने सडक-खण्डको २ पटक म्याद थप्दा पनि निर्माण कार्य ४५ प्रतिशत मात्रै सकिएकोमा दबाब दिन पदयात्रा सुरु गरिएको हो । ३ दिनसम्मको पदयात्रामा पार्टीका विभिन्न पदाधिकारीको पनि सहभागिता रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google