
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको लक्ष्य (टार्गेट) पूरा नगर्ने मन्त्रीहरूलाई एक महिनाभित्र हटाउने चेतावनी दिएका छन् । आज (सोमबार) अर्घाखाँचीमा त्यस्तै प्रकृतिको कार्यक्रममा पुगेर भाषण गर्दै दाहालले लक्ष्य पूरा नगर्ने मन्त्री र कर्मचारीलाई हटाउने बताएका हुन् ।
‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छुः हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन, हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाड्नुपर्छ,’ दाहालले भने । दाहालले आफ्नो पछिल्लो कार्यकालमा अर्थतन्त्र डुब्यो भन्ने आतंक फैलाइएको र अहिले त्यसबाट मुक्त भएको पनि तर्क गरे ।
उनले भने, ‘अर्थतन्त्रको सूचकांकमा उल्लेख्य सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति इतिहासमै बढी भएको छ, भुक्तानी सन्तुलन र रेमिटेन्स बढेको छ, सार्वजनिक संस्थान विस्तारै नाफामा जान थालेका छन्, बन्द भएको उद्योग सञ्चालन हुन थालेको छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google