यी हुन् नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक निर्णयहरू

दर्पण दैनिक १० श्रावण २०८०,१७:५६
post

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने भएको छ । बुधबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको हो । 

बैठकले समाजवादी मोर्चा, नेपालको उद्देश्य र कार्यविधिका बारेमा त्यसको घोषणा पत्रमा सबै कुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभूत तथा राजनीतिक अन्तरविरोधबारे पार्टीका दृष्टिकोण कार्यकर्ताहरुलाई स्पष्ट पार्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८–१९ गते पोलिटब्युरो र २०–२१ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने निर्णय भएको बताए ।

बैठकले वर्षाका कारण हुने क्षतिबाट नागरिकको रक्षा गर्दै धनको सुरक्षा गर्न र राहत, उद्धार तथा पुनः स्थापनाका लागि पूर्वतयारीका साथ लाग्न सरकारसँग आह्वान गरेको छ । त्यस्तै, देशभर पशुमा देखिएको लम्पी स्किन रोगबाट भएको क्षतिको राहत व्यवस्था गर्न माग गरेको छ । बैठकले कोशी प्रदेशको नामबारे उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ । 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: