
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीमा जारी केन्द्रीय समिति र संसदीय बैठकले वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।
वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा गएका व्यक्ति हुन् ।
यससँगै रास्वपाको उपसभापति दुई जना भएका छन् । यसअघि उपसभापति रहेका डीपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् ।
यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएको पार्टीका प्रवक्तासमेत रहेका डा मुकुल ढकालले जानकारी दिए ।
यसैगरी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । त्यस्तै कोषाध्यक्ष लिमा अधिकारी र सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई चयन गरिएको छ ।
यस्तै पार्टीका सहप्रवक्तामा मनीष झा, प्रतिभा रावल, रमेश प्रसाईं चुनिएका छन् । महामन्त्रीमा मुकुल ढकाल र प्रतिनिधिसभाको प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।
यसैगरी अनिलकेशरी शाह, राजन गौतम, डा नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ
बुधवारको निर्णयसँगै रास्वपाका केन्द्रीय सदस्य नरहेका सांसद स्वतः केन्द्रीय सदस्य भएका छन् । रास्वपाका सबै २१ सांसद केन्द्रीय सदस्य बनेका हुन् । पार्टीको सभापतिमा रवि लामिछाने कायमै छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google