काठमाडाैँ । जिल्ला अदालत कास्कीको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन गर्ने भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीस नितिज राईको इजलासबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछानेले जिल्ला अदालतले तोकेको धरौटी बदर गरि साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्चमा निवेदन दर्ता गर्न लागेका हुन् ।
जिल्ला अदालतले तोकेको धरौटी रकम बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाउने आदेशको माग गर्दै आजै उच्च अदालत कास्कीमा निवेदन दर्ता हुने बताइएकाे छ ।
यता, लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने माग सहित सरकारी वकिलको कार्यालयले यस अघिनै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइसकेको छ ।
सरकारी वकिलको निवेदन पछि उच्च अदालत कास्कीका न्यायाधीश राजकुमार खतिवडाले धरौटीमा छाड्नुका कारण प्रतिवेदन झिकाउने आदेश गरिसकेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google