समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने

दर्पण दैनिक २ माघ २०८१,१६:५६
post

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । आज (बुधबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा भएको जानकारी दिएका छन् । उनले समाजवादी मोर्चाको कार्यक्रमहरु केही धिमा भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताए।

उनले भने, ‘आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको छ । यो बीचमा शुरुमा समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो । कम्युनिष्ट क्रान्तिकारी, देशभक्तहरुमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो । त्यसको सशक्त रुपमा आओस् भन्ने थियो । यो बीचमा हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो । त्यो धिमा हुनुमा हाम्रा आफ्ना केही सीमा रहे भनेर गम्भीर समीक्षा गरेका छौँ । आगामी माघ १६ गते काठमाडौंमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।’ उनले बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजनाहरु मुख्य नेताहरुलाई बुझाउने निर्णय भएको जानकारी दिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: