
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रथम विधान अधिवेशन चलिरहेकाे छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अधिवेशनको उद्घाटन गरेका हुन् ।
२० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल भइरहेकाे पार्टी महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहेका छन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google