बरहथवाका प्रदर्शनकारीको मागमा गम्भीर बन्न कांग्रेसकाे आग्रह

दर्पण दैनिक २१ पुष २०८०,१२:३५
post

काठमाडौं । सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोलीबाट युवक मारिएकोप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ । बरहथवा–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने कि नगरअस्पताल भन्ने विषयमा शुक्रबार दिउँसो दुई पक्षबीच विवाद हुँदा भएको झडपका क्रममा प्रहरीको गोलीले स्थानीय युवा जयशंकर साह मारिएका थिए । 

सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस केन्द्रीय कार्यालयले मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारमा समवेदना व्यक्त गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन पनि माग गरिएको छ ।  विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’ 

यसका साथै कांग्रेसले आफ्ना अधिकारको विषय उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आम नागरिकलाई अपिल गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि आग्रह गरेको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: