
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने भएका छन् । शुक्रबार रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै आफ्ना सांसदहरूले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने जानकारी गराएका हुन् ।
'राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,' सभापति लामिछानेले बुझाएको पत्रमा भनिएको छ ।
हालसम्ममा रास्वपाले पाएको पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि पनि सभामुख घिमिरेलाई रास्वपाले आग्रह गरेको छ । रास्वपाले संसद बैठक नियमित गर्न आवश्यक पहलकदमी लिन र सबै जिम्मेवार राजनीतिक पार्टीलाई सजग गराउन पनि सभामुख घिमिरेलाई आग्रह गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google