
काठमाडाैँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले म्याद थपका लागि आइतबार दिउँसो अदालतमा उपस्थित गराएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर सडकमार्गबाट शनिबार बिहान पौने ३ बजे पोखरा ल्याएको थियो ।
लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय, कास्कीबाहिर विरोध प्रदर्शन गरिरहेका छन् । यसअघि सहकारी ठगी प्रकरणमा ६ असोजमा गोरखा मिडिया प्रालिकै पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल ओझा पक्राउ परेका थिए ।
जोशीलाई दसैँ बिदाअघिको १७ असोजलाई आधार मानेर प्रहरीले शुक्रबार थप अनुसन्धानका लागि जिल्ला अदालतबाट २० दिन म्याद थप गरेको थियो । जोशी जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा छन् ।
केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्
आइतबार कास्की जिल्ला अदालतमा पेश गर्न लगिदैँ गर्दा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभापति रवि लामिछानेले आफूले कानुन र न्यायलयमा विश्वास र सम्मान गर्ने भन्दै सरकार नियोजित र प्रतिशोधपूर्ण ढङ्गबाट फसाउन उद्धत रहेको बताए । केपी ओलीको सरकार नै निर्दोष फसाउन र आफ्नो कमजोरी लुकाउन गठन भएको भन्दै लामिछानेले केपी ओली मुक्त देश बनाउन आवश्यक रहेको बताए ।
‘म सबै जनतालाई आग्रह गर्छु । एक पटक र यो अन्तिम पटक जुट्नुस् बाहिर निस्कनुस् केपी ओली मुक्त देश बनाउन ढिला भयो भने धेरै कुरा बिग्रिन्छ,’ लामिछानेले थपे, ‘यो सरकार अधिनायकवादी छ, यो सरकार नढलेसम्म सबैले झुटो मुद्दा भोग्नु पर्छ । ’
पोखरा र देशभरका जनता यिनीहरूको सत्ता अन्त्यका लागि जुट्नु पर्ने उनले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google