ड्रुक एयरलाइन्सको विमानबाट भुटान गए पूर्वराजा

दर्पण दैनिक १७ आश्विन २०८१,१३:४४
post

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान गरेका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा उनी आज बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका हुन् ।

उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि त्यसतर्फ प्रस्थान गरेका छन् । पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: