
काठमाडाैँ । वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे काठमाडाैंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । २०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चारमन्त्री बनेका थिए । त्यसपछि उनी शिक्षामन्त्री भएका थिए । स्वास्थ्य अवस्था सहज नभएपछि पछिल्ला केही वर्षयता उनी सक्रिय राजनीतिमा थिएनन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google