गौशाला–२६ भन्दै एक युवतीकाे तस्विर पाेष्ट गर्ने रास्वपाका कार्यकर्ता निलम्बित

दर्पण दैनिक २६ पुष २०८०,१४:४७
post

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला–२६ भन्दै सामाजिक सञ्जालमा एक युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन् ।

रास्वपाले चितवनका दिवस सापकोटालाई निलम्बन गरेको हो । बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ । सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ ।

‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौ,’ रास्वपाले भनेको छ ।

 

*शीर्षक सम्पादन गरिएको - सम्पादक

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: