काठमाडौं । नेकपा एमालेको भ्रातृ सस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् ।
आफ्ना प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिल अध्यक्षमा निर्वाचित भएका हुन् ।
कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।
महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google