काठमाडौं । नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
'पार्टी र पार्टी जनसंगठन सम्बद्ध कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,' नेता ज्ञवालीले भने । पार्टी उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google