काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा नौ जना पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गरिएको छ । कलम न्युजका अनुसार महाधिवेशनको दोस्रो दिन बन्दसत्र कार्यक्रममा सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भुु साह, गोपिरमण उपाध्याय, राम अवतार पासमान, न्हुच्छे नारायण ढुकुजु, विजयलाल श्रेष्ठ र शितल झालाई सम्मान गरिएको हो ।
नेपालका कम्युनिष्टहरुले पुराना सहकर्मी तथा कम्युनिष्ट नेतालाई विर्सिएको भन्दै चर्को आलोचना भइरहेको समयमा माधव नेपालले गरेको यो कार्यको धेरैले प्रशंसा गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google