समाजवादी जागरण अभियानले अब पार्टी फरक ढंगले जान्छ भन्ने सन्देश  दिएको : रामकुमारी झाँक्री

दर्पण दैनिक २६ आश्विन २०८०,१७:४४
post

धनगढी । नेकपा (एकीकृत समाजवादी) ले सञ्चालन गरेको समाजवादी जागरण अभियान जनतामा पार्टीप्रतिको स्वीकार्यता बढाउँदै सकारात्मक सन्देशसहित अगाडि बढेको सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले बताइन् । अभियानमा सामेल हुन आज काठमाडौंबाट धनगढी विमानस्थलमा अवतरण गरेपछि समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले गरेको स्वागतका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सचिव झाँक्रीले उक्त कुरा बताएकी हुन् ।

अभियानका क्रममा झापाको काकँडभिट्टादेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सहभागी हुँदासम्मको अनुभवका आधारमा उनले जनतासँग नेतृत्वले आमनेसामने हुँदै अन्तक्र्रिया गर्ने मौका पाएको र त्यसक्रममा पार्टी निर्माण, विचारधारात्मक विकास तथा रणनीतिक क्रियाशीलताका निम्ति नेतृत्वलाई प्रेरणा प्राप्त भइरहेको उल्लेख गरिन् । सोही उत्साहका कारण उनी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका कार्यक्रममा सरिक हुन् धनगढी आइपुगेको बनताइन् । उनले भनिन्, ‘हामीले सबैजसो ठाउँमा जनतासँग कर्नर टक गर्ने मौका पायौं, जनताको कुरालाई नजिकबाट सुन्न पायौं ।’

पार्टी निर्माणको दुई वर्षका बीचमा यस किसिमको अभियान नचलाइएको कारण संगठित हुन चाहने मानिसहरुलाई संगठित गर्न नसकिएको र जिम्मेवारी व्यवस्थापनको कुरामा पनि पार्टी पछाडि परेको भन्दै अभियानले ती कुरा चिरेको बताइन् । उनले भनिन्, ‘अब पार्टी फरक ढंगले जान्छ भन्ने सन्देश अभियानले दिएको छ ।’

पार्टीको विद्यमान वैधानिक संरचना नेकपा (एमाले) को आठौं महाधिवशनले तय गरेको विधानअनुसार रहेको र त्यसले नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति, भूमिका र क्रियाशीलतालाई सहज नबनाएको भन्दै अब पार्टीले त्यसलाई संशोधन गर्नुपर्ने कुरामा उनले जोड दिइन् । हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा यसबारे आफूले राख्नुपर्ने सबै कुरा राखेको र आगामी माघ महिनामा महाधिवेशन आयोजना गरिने भएका कारण आफ्ुना मागहरुको कार्यान्वयन हुने, नहुने भन्ने विषयका लागि महाधिवेशन पर्खिरहेको उनले बताइन् । 

पार्टीको निर्माण, सञ्चालन र गतिविधिहरुलाई अगाडि बढाउने सन्दर्भमा आफूले लामो समयदेखि उठाउन चाहेका कतिपय कुरा उठाउन नपाएको र केन्द्रीय कमिटी बैठकमा आफ्ना कुराको सुनुवाई भएकोप्रति उनले सन्तुष्टि व्यक्त गरिन् । भनिन्, ‘मेरो कुरालाई पार्टीले महसूस गरेको र मैले पनि आफ्नो कुरा पार्टीले सुनेको महसूस गरेकी छु ।’

झाँक्रीलाई विमानस्थलमा संगठनका उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज नरेन्द्र भट्ट र प्रदेश कमिटीका उपाध्यक्ष हिक्मतसिंह ठकुरीले स्वागत गरेका थिए । पत्रकार भेटघाटमा संगठनका अध्यक्ष विश्वमणि सुवेदी, पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तरसिंह विष्ट, महासंघका प्रदेश सचिव हरि जोशीसहितको उपस्थिति थियो । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: