काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेता खगराज भट्टलाई हटाएको छ । ११ जना सदस्य रहेको माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई हटाउने निर्णय भएको हो । बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको सांसद ओमविक्रम भाटले बताए ।
भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका गरेका छन् ।
उनीहरूले संसदीय दल नेता परिवर्तन गरेको जानकारी सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पनि जानकारी गराइसकेका छन् । भट्टको भूमिकालाई लिएर यसअघि नै सुदूरपश्चिम माओवादीका अधिकांश सांसदहरूले अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google