काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् ।
सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफ्नै दलकी नेतृ आरजु राणा देउवालाई जवाफ फर्काउँदै आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।
आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्रीको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् । आरजुलाई जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
'साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,' उनले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google