काठमाडाैँ । नेपाली कांग्रेसले काठमाडाैंको कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको बागमती प्रदेश समितिको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् । यहाँ एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन् ।
गत स्थानीय चुनावमा यहाँ नेपाली कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । आइतबार उम्मेदवारी दर्ता हुँदै छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google