
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा दोसल्ला ओढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google