काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका नेता तथा उत्पीडित खसका अभियन्ता राजन केसीले नेपाल राष्ट्र बैकको मौद्रिक निती परिमार्जन गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिको कायक्रममा बोल्दै धनीले आरामले ब्याज खाने परिपाटी अन्त्य गरेर पुजिपतिलाई लगानी तर्फ आकर्षण गरेर उत्पादन बढाउनुपर्ने केसीले बताएका हुन् ।
पार्टीका राजनीतिक समिति सदस्य एवम् गण्डकी प्रदेश समिति सह इन्चार्ज समेत रहेका केसीले दुर्गा प्रसाईको आन्दोलनमा दौरा सुरुवाल लगाएका मानिसलाई गिरफ्तार गरेको आरोप लगाएका छन् ।
गणतन्त्रमा सबैले आफ्ना कुरा राख्न नेपालको संविधानले छुट दिएकोको तर्फ जोड दिदै केसीले हिजो गोल्डस्टार लगाएकोलाई राज्यले गिरफ्तार गर्दथ्यो, आज टोपी लगाएकाहरुलाई पक्राउ गरेको भन्दै उक्त कार्यप्रति केसीले आपत्ति जनाएका हुन् । केसीले देश भ्रष्टाचारको चंगुलमा फसेको र मुलुकमा सुशासन नभएको समेत केसीले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google