आजदेखि  मेची–महाकाली संवाद यात्रामा गगन थापा

दर्पण दैनिक १३ माघ २०८०,१०:१७
post

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज (शनिबार)देखि मेची–महाकाली संवाद यात्रामा निस्किने भएका छन् । पार्टीको ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत महामन्त्री थापा संवाद यात्रामा निस्किन लागेका हुन् । 

यात्रा झापाको भद्रपुर नगरपालिका- ५ मेचीपुलबाट संवाद यात्रा शुरू हुने थापाले बताएका छन् । यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता तथा जनताका आवाज सुन्ने छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: