काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलेराष्ट्रिय सभा सदस्य उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद ताेकेकाे छ । आयोगले निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली,२०७६ को नियम ४६(१) सँग सम्बन्धित अनुसूची-१ ले तीन लाख पचास हजारसम्म खर्च गर्न सक्ने गरी हद तोकेको हाे । उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार,कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देशन गरेकाे छ ।
त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोग निर्देशन दिएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google