हिन्दु धर्मले महिलालाई सम्मान गरेको छ - उदय शमशेर राणा

दर्पण दैनिक २१ भाद्र २०८०,१९:५५
post

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले हिन्दु धर्मले महिलालाई सम्मान गरेको वताएका छन्। आज विहिबार ललितपुरको बाडेगाउँस्थित मामाघर अनाथालय आश्रमद्वारा सञ्चालित महायज्ञकाे दाेस्राे दिनकाे समारोहकाे उद्घाटन मन्तव्य राख्दै राणाले महायज्ञकाे दुवै भागवत बाचिका महिलाज्यू हुनुभएको भन्दै अन्य धर्ममा महिलालाई यति प्रमुख जिम्मेवारीमा पुग्ने अवसर सृजना नभएको वताएका हुन् । 

'हिन्दु धर्मले महिलालाई सम्मान गरेको छ । यहाँ दुवै महिला भागवत बाचिका हुनुहुन्छ, अरु धर्ममा यस्ताे छैन । विदेशीकाे संस्कृति र समाजमा यस्तो छैन । हाम्रो धर्ममा महिलाहरुलाई भगवानकाे रुपमा पनि पूजा गर्ने प्रचलन छ । याे हाम्रो राम्रो पक्ष हाे । हिन्दु धर्मकाे बारे हाम्रो पुस्तालाई पनि बुझाउनु आवश्यक छ' केन्द्रीय सदस्य राणाले भने । 

उनले आश्रमलाई व्यवस्थित गरेर चलाउन साथ र सहयाेग गर्ने प्रतिवद्धता जनाउँदै हामीले आफ्नो धर्ममा गर्व गर्न सक्ने वातावरण तयार गर्नुपर्ने धारणा राखे । 

आश्रमका अध्यक्ष बालयाेगेश्वर विजय मुर्ती माहाराजले महायज्ञमा संकलित रकमबाट गोदावरी नगरपालिका वडा १४ बाडेगाउमा सञ्चालनमा रहेको अनाथाश्रमको व्यवस्थापनका लागि उपयोग हुने वताए । 'हामी याे महायज्ञबाट प्राप्त रकम मामाघर अनाथालय आश्रमकै लागि उपयाेग गर्छौं । याे महायज्ञ सम्पन्न भएको भाेली पल्टै निर्माण समिति बनाएर उठेको सम्पूर्ण रकम हस्तान्तरण गर्छौं । दाताहरुकाे सहयाेगकाे सदुपयोग हुने प्रतिवद्दता जहेर गर्न चाहान्छु' विजय मुर्ती माहाराजले भने । 

मामामघर अनाथालय सञ्चालनका लागि बुधबारबाटसुरु भएको विराट महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ । व्यापक प्रचारप्रसार सहित सुरु भएको महायज्ञको उदघाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गरेका हुन् । 

महायज्ञको प्रमुख संरक्षकमा गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सानुराज घिमिरे तथा सहसंरक्षकमा वडा नं. १४ का अध्यक्ष निरोज बज्राचार्य रहेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: