कोशीको मुख्यमन्त्री चयनमा तटस्थ बस्ने राप्रपाको निर्णय

दर्पण दैनिक २६ आश्विन २०८०,१२:२२
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका दुई उम्मेदवारमध्ये कसैको पनि पक्ष नलिने भएको छ । आज बिहान बसेको पदाधिकारी बैठकले कोशीको मुख्यमन्त्री चयनका सवालमा तटस्थ बस्ने निर्णय गरेको हो । 

पार्टीको पदाधिकारी बैठकपछि एक नेताले भने, ‘दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ। हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ ।’

प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की  (नेपाली कांग्रेस) ले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिँदै छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: