नयाँ जसपामा दुई अध्यक्ष, यी हुन् पदाधिकारी

दर्पण दैनिक २३ बैशाख २०८१,२१:१९
post

अशोककुमार राईकाे नेतृत्वमा जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्ष बनाइएकाे छ ।

समितिमा चार उपाध्यक्ष छन् । नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् ।

इस्तियाक राई महासचिव बनेका छन् । प्रदीप यादव उपमहासचिव बनेका छन् भने दीपक कार्की र रञ्जु ठाकुरलाई सचिव बनाइएकाे छ । वीरेन्द्र महतो कोषाध्यक्ष बनेका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: