
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीहरूले बैठकमा उठेका विषयहरूमाथि जवाफ दिने भएका छन् ।
दिउँसो ३ बजे बस्ने बैठकमा आज सभापति देउवासहित महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले जवाफ दिने कार्यसूची छ ।
असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीद्वय शर्माले १० एजेन्डा र थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।
ती विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि आज नेतृत्वले जवाफ दिन लागेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google