
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन् । सुदूरपश्चिम प्रदेश भरीकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गर्नु भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
उनले भने, 'यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि रु एक लाख ११ हजार एक सय ११ आज प्रदान गर्नु भएको हो ।'
महायज्ञलाई सफल बनाउन बडिकेदार क्षेत्रका नागरिक तथा भक्तजनबाट सहयोग भईरहेको र आज पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आलेले रु एक लाख ११ हजार एक सय ११ दिने जानकारी प्राप्त भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए ।
उहाँका अनुसार आले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनु भएको समयमा बडिकेदारको विकास एवं स्तारोन्नतीका लागि ८ करोड बजेट विनियोजन गरेका थिए ।
पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आले हालसम्मकै सबै भन्दा बढी सहयोग गर्ने व्यक्तिमा पर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीकर्ताहरुलाई आकर्षित गरेमात्रै देशको अर्थतन्त्रले लय समात्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयाेजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजगारी सिर्जना गर्न जरुरी रहेको बताए ।
अर्थमन्त्री पौडेलका अनुसार वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गम्भीर रहेको बताए । उनले त्यसैले पनि वर्तमान सरकारले सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको बताए ।
उनले अध्यादेशमार्फत विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गरे । अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताए ।
उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले दिएका सुझावहरूलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)














































































































































































































































































































































.jpg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google