रास्वपाको केन्द्रीय समिति भंग

दर्पण दैनिक ३१ बैशाख २०८३,०८:०८
post

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी ७–९ असारमा पहिलो महाधिवेशन गर्ने भएको छ । बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले आगामी ७–९ असारमा चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा ७ असार, २०७९ मा स्थापना भएको रास्वपाले विभिन्न आरोह–अवरोध पार गर्दै पहिलो महाधिवेशन गर्ने निश्चित गरेको हो । रास्वपाले केन्द्रीय समिति भंग गर्दै सोही समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । बैठकले मौजुदा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको र केन्द्रीय समितिको परिभाषित काम सोही समितिले गर्ने केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जनाए ।


१७ असार, २०७९ मा निर्वाचन आयोगमा दर्ता भएको रास्वपाले स्थापनाको ६ महिनामै ४ मंसिर, २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा २० सिट जितेर चौथो दलको हैसियत बनाएको थियो । तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्ले विजयी भएर प्रतिनिधिसभामा २१ सिट कायम गरेको थियो । गत २१ फागुनमा भएको चुनावमा १८१ सिटसहित नेपालको सबैभन्दा ठुलो दल बनेको रास्वपाकै नेतृत्वमा हाल सरकार सञ्चालनमा छ । रास्वपाको पहिलो महाधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ ।


सभापति रवि लामिछाने नागरिकता, सहकारी ठगी लगायत विवादमा मुछिएसँगै स्थापनाकालदेखि नै रास्वपा ढुक्कका साथ संगठनात्मक गतिविधिमा लाग्न पाएको छैन । यद्यपि ७६ जिल्ला र ७५३ मध्ये ५६० वटाभन्दा बढी पालिकामा रास्वपाले संगठन विस्तार गरिसकेको छ । रास्वपा विधानअनुसार राष्ट्रिय महाधिवेशन प्रत्येक ५ वर्षमा हुने व्यवस्था छ । विधानको व्यवस्थाअनुसार रास्वपाको राष्ट्रिय महाधिवेशन ७ असार २०८४ सम्म गरिसक्नुपर्ने भए पनि पार्टी एकताबाट आएका नेताहरूलाई व्यवस्थापन गर्दै सुदृढ संगठनका लागि अघि बढ्नुपर्ने भएकाले त्यसअघि नै महाधिवेशन तय गरिएको हो ।


रवि लामिछाने नेतृत्वको रास्वपामा १४ मंसिर, २०८२ मा विवेकशील साझा पार्टी समाहित भएको थियो भने १३ पुसमा काठमाडौँ महानगरका तत्कालीन मेयर वालेन्द्र शाहसँग एकता गरेसँगै रास्वपाले ठुलो आकार लिएको हो । वालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा गएको रास्वपा जनताबाट अनुमोदित भएर उनैको नेतृत्वमा सरकार बनेको हो । हाल रास्वपामा संस्थापक, विवेकशील साझा र बालेन समूहबाट आएकाहरू छन् । महाधिवेशनबाट एकताबद्ध पार्टी बनाउन रास्वपा पंक्ति लागिपरेको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबाट स्थापित भएका कैयौँ नेताहरू पनि हाल रास्वपामा आबद्ध छन् । रास्वपाले आफूलाई जेनजीको प्रतिनिधि पार्टीको रूपमा पनि चित्रित गर्ने कोसिस गरेको छ ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: