काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिपक खड्का पार्टीको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत भएका छन् । उनी संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् ।
सभापति देउवाले विधानको नियम (५६) (२) बमोजिम आमन्त्रित केन्द्रीय सदस्य नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google