चितवन देवभूमि हो, परिवर्तनको सुरुवात यहिंबाट हुन्छ : रवि लामिछाने

दर्पण दैनिक २४ माघ २०८१,१९:५१
post

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।

रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताएका छन् । यो परिवर्तनको प्रसव पीडा भएको उनको भनाइ छ । रविले भने, ‘चितवन देवभूमि हो, परिवर्तनको सुरुवात यहींबाट हुन्छ । यो व्यक्तिका लागि होइन, परिवर्तनका लागि हो । प्रसवपीडाको बेला आमालाई जस्तो पीडा हुन्छ, त्यस्तै परिवर्तनका लागि भएको प्रसवपीडा हो । यो पीडामा कोही रुनु पर्दैन । मलाई सम्मानित अदालतप्रति विश्वास छ ।’


‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवता जस्ता मान्छे बस्ने ठाउँ हो यो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु,’ सभापति लामिछानेले भने, ‘अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौं पटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ ।’ उनले अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरे ।

‘यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ,’ रविले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: