
काठमाडाैं । नेपाली कांग्रेसपछि अब नेकपा माओवादी केन्द्रले पनि पार्टीकाे केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । आज बिहान बालुवाटारमा बसेकाे पदाधिकारी बैठकले १७ देखि २२ साउनसम्म काठमाडाैंमा हुने केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेकाे हाे ।
यसअघि २ देखि १० साउनसम्म चलेकाे कांग्रेस पदाधिकारी बैठक पनि लाइभ गरिएकाे थियाे । कांग्रेसकाे याे कदमकाे चाैतर्फी प्रशंसा भएपछि माओवादीले पनि प्रत्यक्ष प्रशारण गर्ने निर्णय पछ्याएकाे हाे ।
पदाधिकारी बैठकले विधान अधिवेशनअघि पालिका स्तरीय संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेकाे माओवादी सचिव लिलामणि पाेखरेलले जानकारी दिए ।
उनका अनुसार याे अभियानमा हरेक केन्द्रीय सदस्यलाई पालिकास्तरमा खटाइने छ । त्यसपछि विधान अधिवेशन हुने उनले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google