अनेरास्ववियुकाे अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश राेकाया निर्वाचित

दर्पण दैनिक ५ फाल्गुन २०७९,०६:४६
post

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।  कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय मतदान भएको थियाे । महासिचवमा नरेश राेकाया निर्वाचित भएका छन् । अध्यक्ष र महासचिवमा ५–५ जनाको उमेदवारी परेको थियाे । ।

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोति बिक, वाङ्सु योञ्जन र लोकेस निरौला उमेदवार थिए । महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाया, भाष्कर खनाल, सुदर्शन शिवाकोटी उमेदवार थिए । 

उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: