
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बुधबार बिहान पार्टी कार्यालयमा बसेको सचिवालयले राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राष्ट्रिय भेला अघि सातै प्रदेशमा भेला गर्ने रास्वपाले जनाएको छ ।
राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने उनले बताए। त्यस्तै केन्द्र र प्रदेशमा भएका क्लोज क्याम्पका एजेण्डामाथि पनि छलफल हुनेछ ।
राष्ट्रिय भेलामा विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी लगायतमा छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google