
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशअन्तर्गतका पार्टीका महिला सांसद, पार्टीका महिला पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिन लागेको छ । जनकपुरस्थित रमण टावरमा आजदेखि सुरु भएको दुई दिवसीय प्रशिक्षणमा करिब एक सय प्रतिनिधि सहभागी छन् ।
प्रशिक्षण कार्यक्रममा समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, जिल्लाका प्रतिनिधि तथा महिला जनप्रतिनिधि सहभागी छन् ।
संघीयता, सुशासन, सामािजक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिइने छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रशिक्षक छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google