काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सचिवालयको मुख्य सचिवमा केदारबहादुर अधिकारी मनोनित भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले अधिकारीलाई मुख्य सचिवमा मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
अधिकारी पार्टीका केन्द्रीय सदस्य हुन् । उनले आज (२५ असार) बाट मुख्य सचिवको जिम्मेवारी निर्वाह गर्नेछन् ।
उनी नेपाल सरकारका पूर्व सचिव पनि हुन् । अधिकारी नेपाल सरकारमा रहँदा वाणिज्य र पर्यटनमन्त्रालयको सचिव पनि बनेका थिए । उनी पर्यटन मन्त्रालयबाट सेवानिवृत भएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google