संघीयता खारेजीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दर्पण दैनिक २८ माघ २०७९,१२:२६
post

काठमाडाैं । राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनु पर्ने उल्लेख छ ।

‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता छ ।’

संघीयता धान्न नेपालमा स्रोत साधन नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख छ ।

मुलुकमा आर्थिक भार थप्ने गरि प्रदेशको शासकीय स्वरुप राख्नको औचित्य नभएको भन्दै प्रादेशिक तह खारेज गरि प्रदेशलाई जाने सम्पूर्ण वजेट गाउँको विकासमा लगाउनु पर्ने आवश्यकता रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

८ बुँदे ज्ञापन पत्रमा गणतन्त्रलाई कमजोर पारेर आˆना राजनीति स्वार्थ पुरा गर्न देशलाई प्रतिगमन तर्फ लगिएकाले सरकार गम्भीर हुनु पर्ने,देशको राष्ट्रियता तथा कालापा सहितको भू भागलाई संसदभित्र तथा बाहिर अन्तराष्टियकरण गर्नु पर्ने, अतिक्रमण भू-भागलाई फिर्ता लिन सरकारले अविलम्ब प्रयत्न गर्नु पर्ने माग गरिएको छ ।

यस्तै एमसीसी अविलम्ब खारेज गर्नु पर्ने, धर्म परिवर्तनका लागि भइरहेका गतिविधिविरुद्ध आवश्यक कदम चाल्नु पर्ने, महँगी, बेरोजगार, कालो बजारी नियन्त्रण लगायतका माग राख्दैज्ञापन पत्र बुझाएको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटी बताए ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ज्ञापन पत्र बुझ्दै तत्कालै सम्बन्धित निकायमा पठाइने बताइन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: