काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पार्टीबाट निष्कासन गर्नुको कारण बैठकमा लामो फेहरिस्त सुनाएका छन् । केन्द्रीय कमिटीको बैठकमा नेताहरुले प्रश्न उठाएपछि दशौं महाधिवेशनपछि नेता रावलको भूमिकासहित सबै प्रस्ट पारेको प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले बताए ।
उनले रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई गरेको कारबाहीबारे बैठकले एकमतले निर्णय गरेको दाबी गरे ।
उनले भने, ‘अध्यक्षले भीम रावलले महाधिवेशनपछि गरेका भूमिकाहरुबारे प्रस्तुत गर्नुभयो । उहाँ निष्कासनमा परिसक्नुभयो । अब २ जनाको हकमा उहाँहरुले पटक पटक पार्टीको पक्षमा पार्टी निर्णयका विरुद्ध जानुभयो । संयोग मीनबहादुरको जग्गाको विषयमा मात्रै परेको हो । उहाँहरु अहिले निलम्बनमा मात्रै पर्नुभएको हो । अब कसरी अगाडि बढ्नुहुन्छ उहाँहरुकै हातमा भन्ने कुरा बैठकलाई स्पष्ट गर्नुभएको छ ।'
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google