काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।
नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । डंगोलले आफ्नो नाम पहिलो नम्बरमा राखेर अरु सबै आकांक्षीको नाम सिफारिस गरेका हुन् । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ । कार्यकाल पूरा नगरी निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको नाम समेत चौथो नम्बरमा सिफारिस गरिएको छ ।
कीर्तिपुरको मेयरमा एमालेबा डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवलाल महर्जनको नाम सिफारिस भएको छ , भने राष्ट्रिय प्रजातन्त्र पार्टीले इन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार सिफारिस गरेकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google