राप्रपाको युवा संगठन संयोजकमा सुजित केसी

दर्पण दैनिक १४ फाल्गुन २०७९,१७:१२
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय संयोजकमा सुजित केसी चयन भएका छन् । 

राजधानीमा शनिबारबाट भएको दुई दिने राष्ट्रिय भेलाले केसीलाई महाधिवेशन आयोजक समितिको संयोजकमा चयन गरेको हो ।

लामो समयदेखि संगठनको केन्द्रीय समितिमा रहेका केसीलाई महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । 

राष्ट्रिय भेलामा ६७ जिल्लाका करिब साढे ३ सय प्रतिनिधिको सहभागिता थियो । 

केसीले पार्टी नेतृत्वसँग परामर्शपछि आयोजक समितिका अन्य सदस्य तोक्ने छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: