
काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
आयोगले शुक्रबार (साउन १६) एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका निम्ति निवेदन दिन सकिने जनाएको छ ।
आयोगले यसअघि उपनिर्वाचनका निम्ति निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आउँदो असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । सोही दिन साँझ उमेदवारको सूची प्रकाशन गरिनेछ ।
असोज २४ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उमेदवार हुन नपाउने आयोगले जनाएको छ । रासस


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)














































































































































































































































































































































.jpg)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google