एमाले सचिवालय बैठककाे निर्णय : राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने, ६ नेता केन्द्रीय सदस्यमा मनोनीत

दर्पण दैनिक २० पुष २०८०,१९:१२
post

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्रियसभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूका बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।


‘२३ गते राष्ट्रियसभाका लागि १९ वटा सिटका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । हामीले सातवटै प्रदेशका तर्फबाट त्यो प्रदेशमा रिक्त रहेका क्लस्टरका लागि प्रत्येक क्लस्टरमा तीन जनाको नाम सिफारिस गर्न अनुरोध गरेका थियौँ,' पोखरेलले भने, 'हामीले १९ वटै ठाउँहरूमा उम्मेदवारी दर्ताको तयारी गरेका छौँ ।' राष्ट्रियसभाको आगामी माघ ११ गते हुने चुनावका लागि यही पुस २३ मा उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

 

त्यसैगरी, बैठकले छ जना नेताहरूलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेश प्रदेशका राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । त्यसैगरी लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको पोखरेलले बताए ।


एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालको भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।


'भर्खरै भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशका बीचको ज्वाइन्ट कमिसनको बैठक भनेर बैठकको आयोजना गरिएको र त्यहाँ के–के विषयहरूमा छलफल भयो ? र, के–के विषयहरूमा सम्झौताहरू भए भन्ने कुरा सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गर्नुपर्ने कुरा नगरेको प्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ,' पोखरेलले भने, 'के-के विषयहरूमा सहमति, सम्झौता भएका छन् । ती विषयहरूलाई स्पष्ट पार्न माग गर्ने कुरा गरेका छौँ । नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनु हुँदैन । वैदेशिक सहायता नेपालको बजेटरी प्रणाली भित्रै हुनुपर्दछ भन्ने हाम्रो पार्टीको मान्यता रहेको कुरा म तपाईंहरूको बीचमा राख्न चाहन्छु ।'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: