एउटा मान्छे कति पटक सांसद हुने, कति वर्षसम्म भइरहने हो ? भन्ने विषय कानुनमै लेखिनु पर्छ : डा. तोसिमा कार्की

दर्पण दैनिक ५ माघ २०८१,०८:११
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद कानुनमै तोक्नु पर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् ।


संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद कार्कीले मान्छेको शारीरिक अवस्थालाई पनि ख्याल गरेर अवकाशको उमेर कानुनमा राख्नुपर्ने बताइन्।

‘संविधानमा सांसदको योग्यताको विषय उल्लेख छ । २५ वर्ष उमेर पूरा भएको मान्छे सांसदको उमेदवार हुनसक्ने भन्ने छ । तर, ऊ कति वर्षसम्म सांसद हुन पाउने भन्ने कुरा लेखिनु पर्दैन ? एउटा मान्छे कति पटक सांसद हुने, कति वर्षसम्म भइरहने हो ?.’ उनले भनिन्, ‘हाम्रो कानुनले व्यवस्था गरेको छैन, यो कानुनमै लेखिनु पर्छ जस्तो लाग्छ ।’


त्यस्तै, सांसद कार्कीले निर्वाचन प्रणालीमा सुधारको बहससँगै शासकीय प्रणालीको विषयमा पनि छलफल गर्नुपर्ने बताइन् । ‘संविधान संशोधनको कुरा चलिरहेको छ । अब निर्वाचन प्रणाली सुधारको बहससँगै शासकीय प्रणाली सुधारको बहस पनि सँगसँगै लैजानुपर्छ,’ उनले थपिन्, ‘हाम्रो पार्टीले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनिरहेको छ । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री भनिरहेको छ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: