राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

दर्पण दैनिक ४ चैत्र २०७९,१८:५०
post

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । 

राप्रपा संसदीय दलको शनिबार बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन यसअघि नै संसदीय दलको नेता चयन भइसकेका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: