
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका दिएका थिए ।
विभिन्न उपसमितिमध्ये यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको थियो । खतिवडाको संयोजकत्वमा गठित यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ ।
यी हुन् सदस्यहरू
योगेन्द्रनाथ कर्माचार्य, काभ्रे
केदारनाथ पौडेल, बर्दिया
शरद अधिकारी, धादिङ्ग
सानुकाजी प्रजापति, काठमाण्डौ
सुमन गिरी, नुवाकोट
धर्म भण्डारी, झापा
महेश्वर थापा, ललितपुर
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google