
काठमाडौँ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा आफ्नो उद्देश्य र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । रास्वपा स्थापना भएको दुई वर्षको उपलक्ष्यमा सामाजिक सञ्जालमा शुभकामना दिँदै लामिछानेले शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हिँडिरहेको बताएका छन् ।
उनले भनेका छन्, 'आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं । वैचारिक स्पष्टता सँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।'
हिजो विश्वास गर्ने एक दुई जना हुँदा त हिँड्ने आँट गरियो अहिले लाखौं लाख शुभेच्छुकहरू छन् उनले भनेका छन् । लामिछानेले भने, '२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज 'रास्वपा खस्कँदो छ' भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् । तर हामी हाम्रो यात्रामा अविचलित छौ ।'
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google