काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । विधान हेरफेर गर्न सो पार्टीले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेकोहो ।
सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा गर्नेछन् । काठमाडौँमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।
एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google