धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई दिनुपर्छ : एमाले नेता तामाङ

दर्पण दैनिक ५ आश्विन २०८१,१८:४७
post

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सम्पूर्ण सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो मत राखेका हुन् । उनले अहिले काठमाडौंका मेयर बालेन्द्र शाह र एमालेको सिँगो पँक्तिबीच भैरहेको जुहारी आफूलाई निको नलागेको टिप्पणी गरे । उनले बरु काममा प्रतिष्पर्धा गर्न दुवै पक्षलाई सुझाव दिए । 

एमालेजस्तो पूरानो र ठूलो दलले काठमाडौंको मेयरसँग किन जुहारी गरेको भन्ने पत्रकारको प्रश्नमा पूर्वमन्त्री तामाङले अब शब्दयुद्ध गर्न जरूरी नभएको स्पष्ट पारे । उनले भने,‘काम गरौं । एमालेले पनि काम गर्नुपर्छ । बालेनले पनि काम गर्नुपर्छ । शब्दयुद्ध गर्न जरुरी छैन् । एमालेका साथीहरुले शब्दयुद्ध चलाउन जरुरी छैन् । काम गरेर जित्नुहोस । धरहराको सम्पूर्ण व्यवस्थापन महानगरलाई हस्तान्तरण गरौं । राजधानी सबै नेपाली जनताको हो । कसैसँग टक्कर गर्ने नाममा राजधानीवासीलाई अहित हुने काम कसैले नगरौं । एमालेले पनि गर्दैन् । एमाले नेतृत्वको सरकारले पनि नगरौं । भिड्ने काम नगरौं । बरु काममै भिडौं । धरहराको सिंगो सञ्चालनको काम महानगरलाई जिम्मा लगाऔं ।’

उनले सहकारी छानबिन समितिले प्रतिवेदन ल्याईसक्दापनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गरे । उनले भने, ‘सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ । गलत कुरालाई पनि सही हो भन्ने पात्र यो मुलुकमा छन् । त्यसैले त्यस्ता पात्रहरुको राम्रो समाचार बनाएर सबै भ्रम हटाईदिउँ, त्यस्ता पात्रले भ्रम दिन सक्छन् । तर, सत्य त सत्य हो । अनियमितता गर्ने सबैलाई छानबिनको दायरामा ल्याउनुपर्छ ।’ 

उनले भ्रष्टाचार निवारणको लागि आफूले सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव कानूनमन्त्रीको जिम्मेवारीमा हुँदाखेरि राखेको पनि स्मरण गराए । उनले भ्रष्टाचारको कुनै हदम्याद नहुने भन्दै अहिले सरकारले पनि त्यहीअनुसार कानून बनाएकोमा धन्यवाद ज्ञापन गरे । 


मुलुकमा विकास निर्माणका कामले गति लिइरहेको पनि उनको दाबी छ । उनले भने,‘धरहरा निर्माण सम्पन्न भएर अहिले सर्वसाधारणले चढ्न पाएका छन् । यो पनि देखाऔं । नागढुंगामा सुरूङमार्ग निर्माण अन्तिम चरण्मा छ, छिट्टै त्यो पनि उद्घाटन हुँदैछ । पूर्व–पश्चिम हुलाकी राजमार्ग, महेन्द्र राजमार्गको स्तरोन्नती, मदन भण्डारी लोकमार्गपनि बनिरहेको छ । मध्यपहाडी लोकमार्गपनि बनिरहेको छ । अब हिमाली पर्यटनमार्गपनि बन्छ । यो सबै काम हुन्छन् ।’ 


तलब–भत्तामा ७० प्रतिशत सकाउने देश भएकोले नेपालले धेरै छिटो विकास गर्न नसक्ने उनको ठोकुवा छ । उनले भने,‘अब विकासको बजेट बढाउनुपर्छ । यो सरकार बन्दै गर्दा र ७ बुँदे सहमति गर्दै गर्दा संविधान संशोधन गर्ने कुरा गरेका छौं । विकास र समृद्धिसँग जोडिएको कुरामा सरकारको जोड छ । ग्रामिण अर्थतन्त्रलाई सुधार गर्नुपर्छ। युवा पलायन रोक्नुपर्छ । गाउँकेन्द्रित योजना अघि बढाउन सकेनौं भने अब गाउँ रित्तिँदैछ । सरकारले अब गाउँलाई छिटो छिटो हराभरा बनाउनुपर्छ । आम्दानीको स्रोत गाउँमै बनाउनुपर्छ ।’ 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: